काठमाडौँ : नदीबाट सकुशल मानव उद्धार गर्ने दुईजना प्रहरी कर्मचारीलाई योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार प्रदान गरिएको छ । ७१ औँ प्रहरी दिवसको अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले एकजना सहायक हवलदार र एकजना प्रहरी कार्यालय सहयोगीलाई पुरस्कार प्रदान गरेका हुन् ।सहायक हवलदार राजेन्द्र चौधरी र कार्यालय सहयोगी प्रकाश सिंह महराले संयुक्त रुपमा यसवर्षको योगेन्द्र स्मृति साहसिक तथा जोखिमपूर्ण कार्य पुरस्कार प्राप्त गरे । पुरस्कार राशि ५ हजार ५५५ रुपैयाँ रहेको छ । प्रहरी चौकी कोठियाघाट बर्दियामा कार्यरत सहायक हवलदार राजेन्द्र चौधरीले भदौ २३ मा मधुवन नपा–३ कोठीयाघाटको पुलबाट कर्णलीमा हामाफालेकी राजापुरकी १६ वर्षिया बालिकालाई सकुशल उद्धार गरेका थिए ।
दार्चुलामा कार्यरत कार्यालय सहयोगी प्रकाश सिंह महराले महाकाली नदीमा हामफालेकी महिलालाई सकुशल उद्धार गरेका थिए । सो पुरस्कार साहसिक काम गर्नेहरूलाई प्रदान गरिँदै आएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij