अमेरिका : अमेरिकाको ओहायो राज्यस्थित फेयरफिल्डमा सुन पसल सञ्चालन गर्दै आएका नेपाली नागरिक तारा सेन्चुरीको गोली हानी हत्या भएको छ । प्रारम्भिक विवरणअनुसार लुटपाटका क्रममा उनको हत्या भएको हो ।
प्राप्त जानकारीअनुसार, अक्टोबर २० मा दिउँसो करिब १२ः५४ बजे स्थानीय ६६७९ डिक्सी हाइवेमा रहेको ‘एभरेस्ट ज्वेलर्स’ मा गोली चलेको सूचना पाएपछि प्रहरी घटनास्थल पुगेको थियो । प्रहरीले पसलभित्र एक पुरुषलाई मृत अवस्थामा फेला पारेको जनाएको छ ।
परिवारका सदस्यले मृतक सुन पसलका सञ्चालक रहेको पुष्टि गरेका छन् । घटनापछि लुटेराहरूले पसलबाट सुनचाँदी लुटेर फरार भएको बताइएको छ । यद्यपि, लुटिएको सामग्रीको परिमाणबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले घटनालाई हत्या र लुटपाटका रूपमा अनुसन्धान गरिरहेको छ । समाचार सार्वजनिक हुँदासम्म घटनामा संलग्न व्यक्तिहरू पक्राउ परेको जानकारी प्राप्त भएको छैन ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij