Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

नेपालमा पहिलो पटक ‘बिसाइड्स’ साइबर सुरक्षा सम्मेलन हुँदै

नेपालमा पहिलो पटक ‘बिसाइड्स’ साइबर सुरक्षा सम्मेलन हुँदै

काठमाडौँ : काठमाडौँमा पहिलो पटक साइबर सुरक्षा सम्मेलन ‘बिसाइड्स काठमाडौँ २०२६’ आयोजना हुने भएको छ । यही नोभेम्बर मा बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर होटलमा सम्मेलनको आयोजना हुन लागेको हो । साइबर सुरक्षाको क्षेत्रमा काम गरिरहेका विज्ञ, अनुसन्धानकर्ता र यस क्षेत्रमा रुचि राख्ने व्यक्तिहरूले सम्मेलन आयोजना गरेका हुन् । सम्मेलनमा ३०० भन्दा बढी साइबर सुरक्षा विज्ञ, इथिकल ह्याकर, अनुसन्धानकर्ता र विद्यार्थी सहभागी हुने आकलन गरिएको छ । प्रायोजन तथा टिकट बिक्रीबाट सङ्कलित रकम सम्मेलन आयोजना र व्यवस्थापनमा खर्च गरिने आयोजकले जनाएको छ । 

बिसाइड्स काठमाडौँमा विद्यार्थी, जनरल र कर्पोरेट प्लस आफ्टर पार्टी गरी तीन प्रकारका टिकट उपलब्ध हुनेछन् । नोभेम्बर ४ सम्म अर्ली बर्ड टिकट लिन सकिनेछ । यसअन्तर्गत विद्यार्थीका लागि १ हजार ९०० रुपैयाँ, जनरलका लागि २ हजार ४०० रुपैयाँ र कर्पोरेट प्लस आफ्टर पार्टी पासका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ । नोभेम्बर ५ देखि नियमित र नोभेम्बर १६ देखि लेट बर्ड टिकटको मूल्य लागू हुनेछ । सम्मेलनमा प्राविधिक प्रस्तुति, प्रयोगात्मक सिकाइ, ह्याकिङ प्रतिस्पर्धा, ओपन सोर्स परियोजनाको प्रदर्शनी र साइबर सुरक्षा क्षेत्रमा काम गर्ने व्यक्तिहरूसँग अन्तरक्रियाका गरिनेछ । 

सम्मेलनमा माइन्डपुल टेक्नोलोजिजमा अफेन्सिभ सेक्युरिटी लिड आशिष धोनेले प्रस्तुति दिनेछन् । बैङ्किङ, दूरसञ्चार र व्यावसायिक प्रविधि प्रणालीमा रेड टिमिङको क्षेत्रमा उनीसँग करिब एक दशकको अनुभव छ । बीसाइड्सको सुरुवात सन् २००९ मा अमेरिकाको लस भेगासबाट भएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट