Logo

Nov 05 2026 | २०८३, कार्तिक २०गते

कांग्रेस पदाधिकारीको अनौपचारिक बैठक आज, सरकारका कदमबारे छलफल हुने

कांग्रेस पदाधिकारीको अनौपचारिक बैठक आज, सरकारका कदमबारे छलफल हुने

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीहरूको अनौपचारिक बैठक आज बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो ३ बजे पदाधिकारीहरूको अनौपचारिक बैठक बस्न लागेको हो।

सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर मनोज कार्कीलाई नियुक्त गरेको लगायत पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा बनाउन बैठक बस्न लागेको एक नेताले जानकारी दिए।हालै सार्वजनिक इनम सापकोटाको अडियोमा सभापति गगन थापाले पार्टीलाई वैधानिकता दिलाउन १८ करोड खर्चेको प्रसंग अहिले चर्चामा छ। यो प्रकरणलाई कांग्रेसले सरकारको षडयन्त्र भनेको छ। सरकारले निराधार कपोकल्पित र नियोजित आरोप लगाएर पार्टीको वैधानिकतामाथि प्रश्न उठाउन खोजेको कांग्रेसको बुझाइ छ।

सरकार प्रतिपक्षको आवाज थुन्न लागि परेको भन्दै न्यायपालिकाको स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप विरुद्ध राजनीतिक एवं कानुनी प्रतिवाद गर्ने कांग्रेसले बताउँदै आएको छ। कांग्रेसले पत्रकारहरूमाथिको धरपकड लगायत सरकारको पछिल्लो विवादित सबै गतिविधिविरुद्ध संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राखेर चाँडोभन्दा चाँडो प्रतिनिधिसभाको बैठक बोलाउन माग समेत गरेको छ।

कांग्रेसका पदाधिकारीहरुकाअनुसार पार्टी संगठनको समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो। पार्टीको जिल्ला र प्रदेशमा अधिवेशन हुन बाँकी रहेकोले ती विषयमा महामन्त्री र सहमहामन्त्रीहरूबीच छलफलका लागि बैठक बस्न लागेको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट