Logo

Nov 10 2026 | २०८३, कार्तिक २५गते

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालनमा

चितवन : पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा खसेको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार राति करिब ११ बजे सडक माथिबाट सुख्खा पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको थियो। पहिरो हटाएपछि मंगलबार बिहान ७ः४५ बजेदेखि सडकमा दुईतर्फी सवारी आवागमन सुचारु भएको हो।

सोही स्थानमा सोमबार बिहान सबेरै पनि सुख्खा पहिरो खसेको थियो। उक्त पहिरोका कारण अवरुद्ध सडक दिउँसो करिब २ बजेमात्र सञ्चालनमा आएको थियो। एउटै स्थानमा लगातार पहिरो खस्दा पृथ्वीराजमार्ग भएर यात्रा गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट