काठमाडौं : एनपिएल त्रिकेटमा आज एक खेल मात्रै हुने भएको छ। टियु क्रिकेट मैदानमा बेलुकी ५ बजे हुने खेलमा जनकपुर बोल्ट्स र सुदुरपश्चिम रोयल्स भिड्दैछन्।
जारी लिगमा ५ खेल खेलेको सुदूरपश्चिम ६ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा रहँदा समान खेल खेलेको जनकापुर ४ अंकका साथ पाँचौँ स्थानमा छ।
यसअघिका एनपीएल संस्करणमा दुई टोलीबीच चार पटक प्रतिस्पर्धा हुँदा सुदूरपश्चिमले तीन र जनकपुरले एक खेलमा जित निकालेका छन्।
यसअघि काठमाडौं गोर्खाजले लगातार चौथो जित निकालेको छ। चौथो जित दर्ता गर्नेक्रममा उसले चितवन राइनोजलाई १० रनले हराएको हो। चितवनको यो तेस्रो पराजय हो।
हिजो भएको खेलमा काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । खेलमा रवि बोपाराले अर्धशतकीय पारी खेले। उनले ३५ बलमा दुई चौका र तीन छक्कासहित ५५ रनको पारी खेलेका हुन्।
यस्तै, डान मोस्लीले २९, कामिल मिसाराले २८, अर्जुन साउदले २३ र कुशल मल्लले १३ रन बनाए। काठमाण्डुका लागि बलिङतर्फ सहान अराचिगेले दुई, कप्तान करण केसी, सन्तोष यादव, कामिल मिसारा, जहानदाद खान र गणेश गौतमले एक–एक विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनाएको थियो। जितपछि काठमाडौं अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
उसले पाँच खेलबाट आठ अंक जोडेको छ । चितवनको पाँच खेलबाट पाँच अंक मात्र छ । हिजै भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले ६३ रनको जित निकालेको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij