Logo

Nov 19 2026 | २०८३, मंसिर ४गते

भैंसेमा दुर्घटना भएको सुमोका चालकले भने– झ्याप्प आँखा बन्द भयो, केही देखिनँ

भैंसेमा दुर्घटना भएको सुमोका चालकले भने– झ्याप्प आँखा बन्द भयो, केही देखिनँ

हेटौँडा : मकवानपुरको भीमफेदी गाउँपालिका, भैंसेमा बिहीबार बिहान भएको सुमो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित अन्य सात जना घाइते भएका छन् ।रौतहटको चपुरबाट काठमाडौँ जाँदै गरेको उक्त सुमोका चालक कालुमान लोप्चनका अनुसार उनले अचानक अन्धकार देखेपछि गाडी सडकबाट तल खसेको हो ।

‘गाडी खस्नुअघि मेरो आँखा झ्याप्प बन्द भएजस्तो भयो, अन्धकार देखेँ । त्यसपछि गाडी सडकबाट तल खस्यो,’ घाइते अवस्थामा उपचारका लागि हेटौंडा ल्याइएका उनले भने ।दुर्घटनाका घाइतेलाई उपचारका लागि हेटौंडा ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट