काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँले चोरीको गाडीसहित दुईजनालाई पक्राउ गरेको छ। प्रहरी परिसरले विज्ञप्ति जारी गर्दै धादिङ गल्छी गाउँपालिका-६ घर भई हाल काठमाडौँ कलंकी बस्ने ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुली लखनपुर घर भई हाल काठमाडौँ स्वयम्भू बस्ने १८ वर्षीय विशाल लामालाई पक्राउ गरेको जानकारी दिएको छ।
प्रहरी परिसरका अनुसार कात्तिक २९ गते अन्दाजी १९:४५ बजेको समयमा जिल्ला काठमाडौँ, नागार्जुन नगरपालिका–४ बाफल, मनमती करिडोर सामुदायिक भवन नजिक रहेको खाली जग्गामा पार्किङ गरिरहेको बा १ ज ९८०५ नम्बरको माइक्रो गाडी हराएको सूचना प्राप्त भएको थियो।
त्यसको आधारमा प्रहरीवृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा मंसिर २ गते कलंकीबाट चोरी भएको गाडी र सोही दिन काठमाडौँ स्वयम्भू बुद्धपार्कबाट उक्त गाडी चोरीमा संलग्न यी व्यक्तिलाई फेला पारेर नियन्त्रणमा लिइएको थियो।
उनीहरूलाई चोरीसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौँबाट दिन ५ को म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij