बुटवल : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूले राजनीतिक जीवनमा प्राप्त गर्नुपर्ने सबै उपलब्धि हासिल गरिसकेको भन्दै अब जीवनभर देशको सेवा गर्ने बताएका छन् । नेपाली कांग्रेस देउवा पक्षको नियमित १५औँ महाधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय दोस्रो अधिवेशनको सोमबार दाङको भालुवाङमा उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले आफू पाँचपटक प्रधानमन्त्री भइसकेको उल्लेख गरे ।
‘मैले पाउने सबै पाइसकेँ । पाँचपटक प्रधानमन्त्री भइसकेँ । त्योभन्दा पाउने के हो रु अब मैले देशलाई दिने हो,’ उनले भने, ‘त्यसकारण मेरो जीवनपर्यन्त, बाँचुन्जेल देशको सेवा गर्ने हो । लोकतन्त्रको विकासका लागि लाग्ने हो । देशमा कसैले खोस्न नसक्ने लोकतन्त्रका लागि काम गर्ने हो ।’
उनले लोकतन्त्रका आधारभूत सिद्धान्त र मूल्य मान्यतालाई कसैले कमजोर बनाउन नसक्ने अवस्था निर्माण गर्नुपर्नेमा जोड दिए । लोकतन्त्रलाई अझ सुदृढ र संस्थागत गर्न सबैले भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
सम्बोधनका क्रममा देउवाले जेनजी आन्दोलनका क्रममा आफू जोगिएको प्रसंगसमेत उल्लेख गरे । अधिवेशनमा कांग्रेस नेता प्रकाशमान सिंह, डा। शशांक कोइराला, प्रकाशशरण महत, अनुराधा कोइराला, एनपी साउद, उमाकान्त चौधरी, जितजंग बस्नेत र मोहन बस्नेतलगायतले सम्बोधन गरेका थिए ।
अधिवेशनमा विभिन्न जिल्लाका नेताहरूले जिल्लाको राजनीतिक अवस्था, संगठनको वर्तमान स्थिति र आगामी रणनीतिबारे धारणा राखेका थिए ।
प्रदेश अधिवेशन समिति संयोजक गेहेन्द्र गिरीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij