Logo

Nov 23 2026 | २०८३, मंसिर ८गते

जेनजी प्रदर्शनका घटनाको छानबिन र न्यायनिरूपण गर्न छुट्टै आयोग बनाउने सरकारको तयारी

जेनजी प्रदर्शनका घटनाको छानबिन र न्यायनिरूपण गर्न छुट्टै आयोग बनाउने सरकारको तयारी

काठमाडौं : सरकारले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएका घटनाको छानबिन तथा न्यायनिरूपणका लागि छुट्टै आयोग बनाउने गरी अध्यादेश सिफारिस गरेको छ । 

मन्त्रिपरिषद् निर्णयबाट सिफारिस अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । उक्त अध्यादेशबारे अध्ययन भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

“अध्यादेश आइपुगेको छ र त्यसमा अध्ययन भइरहेको छ,” राष्ट्रपति कार्यालयका एक अधिकारीले बाह्रखरीसँग भने । अध्यादेशले जेनजी प्रदर्शनका क्रममा भएका आपराधिक घटनामा संलग्नहरूविरुद्ध चलेको मुद्दासमेत आयोगमा सारेर हेर्ने व्यवस्था गरेको छ । अदालतमा विचाराधीन मुद्दासमेत सारेर आयोगबाटै छानबिन, मेलमिलाप र न्यायनिरूपण गराउने प्रबन्ध अध्यादेशमा छ ।

प्रदर्शनबाट पीडित बनेका व्यक्ति तथा परिवारले न्याय, क्षतिपूर्ति र उचित परिपूरण पाउनुपर्छ भन्ने उद्देश्य अध्यादेशले राखेको देखिएको ती अधिकारीले जानकारी दिए ।

संक्रमणकालीन न्याय निरूपणकै मोडलमा घटनासँग सम्बन्धित मुद्दाहरूको थप छानबिन गर्ने, पीडित र सम्बन्धित पक्षबीच मेलमिलापको वातावरण बनाउने, क्षति पुगेकालाई क्षतिपूर्ति उपलब्ध गराउने र गम्भीर अपराधबाहेकका मुद्दालाई छिटो तथा व्यवस्थित रूपमा टुङ्ग्याउने कानुनी प्रबन्ध गर्ने मनसाय देखिएको ती अधिकारीले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका धेरै सांसदहरूले संसद् र संसदीय समितिमा आन्दोलनमा सहभागी भएकै कारण कतिपयले मुद्दा खेप्नुपरेको भन्दै रिहा गर्न सरकारसँग माग गर्दै आएका थिए ।

अध्यादेशमा अपराधको प्रकृति निर्क्योल गरेर मात्रै सफाइ दिनेसम्मको अधिकार आयोगले पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट