Logo

Nov 25 2026 | २०८३, मंसिर १०गते

निवर्तमान आईजीपी कार्कीको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

निवर्तमान आईजीपी कार्कीको रिटमाथि सर्वोच्चमा सुनुवाइ जारी

काठमाडौं : निवर्तमान नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी छ। न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा रिटमाथि सुनुवाइ भइरहेको छ।यसअघि उक्त रिटमा दुई पटक पेसी तोकिएको थियो। मंसिर २ गते पहिलो सुनुवाइका क्रममा कारण देखाऊ आदेश जारी भएको थियो भने दोस्रो पटक मंसिर ७ गतेका लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। कार्कीपछि आईजीपीमा नियुक्त भएका डा.मनोजकुमार केसीले म्याद बुझेको प्रमाण तोकिएको मितिमा पेस नगरेपछि सुनुवाइ स्थगित भएको थियो। त्यसपछि रिटको पेसी आजका लागि तोकिएको थियो।

मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो। सरकारले प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेपछि उक्त निर्णय बदरको माग गर्दै कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।कार्कीले आफ्नो पदावधि बाँकी रहँदै अर्को पदमा खटाएर आईजीपीबाट हटाउने सरकारको निर्णय बदर गर्न माग गरेका छन्।

आफूलाई हटाउने कुनै कानुनी आधार र कारण नखुलाई, स्पष्टीकरण वा सुनुवाइको अवसरसमेत नदिई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा खटाइएको उनको दाबी छ। उक्त निर्णय परोक्ष रूपमा पदमुक्त गर्ने बदनियतपूर्ण कार्य भएको भन्दै उनले आफूलाई पूर्ववत् आईजीपी पदमा कायम राख्न माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट