Logo

Nov 25 2026 | २०८३, मंसिर १०गते

हेटौँडाको सहिद स्मारकमा एक महिनामै ३६ हजारभन्दा बढी पर्यटक, २२ लाख आम्दानी

हेटौँडाको सहिद स्मारकमा एक महिनामै ३६ हजारभन्दा बढी पर्यटक, २२ लाख आम्दानी

बागमती :  बागमती प्रदेशको राजधानी हेटौँडास्थित सहिद स्मारकमा गत कात्तिक महिनामा ३६ हजार आगन्तुकले भ्रमण गरेका छन्।हेटौँडाको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा रहेको स्मारकमा ३६ हजार ७४० पर्यटकले भ्रमण गरेको स्मारक कार्यालयका लेखा अधिकृत आशिष बिडारीले जानकारी दिए।

स्मारक क्षेत्रमा अवलोकन भ्रमणसँगै बनभोज, चलचित्र छायांकनलगायत विभिन्न शीर्षकमा प्रवेशका लागि शुल्क निर्धारण गरिएको छ। सो महिनामा कुुल रु २२ लाख २९ हजार ६५० आम्दानी भएको उनले बताउनुभयो। स्मारकको आम्दानी यहाँको कर्मचारी व्यवस्थापन, पूर्वाधार विकासलगायतमा खर्च गरिन्छ।

हिउँद लागेसँगै स्मारक क्षेत्रमा बनभोजका लागि आउनेको सङ्ख्यामा वृद्धि हुने जानकारी दिँदै उनले त्यसका लागि नौ वटा व्यवस्थित स्थल (सेड)सँगै खुल्ला स्थल उपलब्ध रहेको जानकारी दिए।

एउटै ढुङ्गामा इतिहासका विभिन्न कालखण्डका सहिदको आकृति कुँदिएको छ। त्यसमा भक्ति थापादेखि २०४६ सालसम्मका सहिदलाई समेटिएको छ। यस्तै, ज्ञातअज्ञात सहिदको प्रतिनिधिका रूपमा एक महिला र एक पुरुषको अमूर्त आकृति समावेश छ।

स्मारकमा मनमोहन वाटिका, जातीय सङ्ग्रहालय, चिडियाखाना प्रमुख आकर्षणका रुपमा छन्। मिनी चिडियाखाना, बुद्ध पार्क, धरहरा उद्यान, नर्सरी ग्रिन हाउस, फोहोरासहितको पार्क यहाँको आकर्षण बढाएको छ। पर्यटकलाई लक्षित गरी स्मारक वर्षभरि नै खुल्ने व्यवस्था गरिएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट