गोरखा : गोरखाको गण्डकी गाउँपालिका–८, सिउरेनीटारमा बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको कार्यालय तथा आवास भवन र बुढीगण्डकी नदीमा सिउरेनीटारदेखि कल्लेरी जोड्ने पक्की पुलको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि सम्माननीय सभामुख डोलप्रसाद अर्यालले दुवै संरचनाको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सम्माननीय पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालको उपस्थिति रहेको थियो । त्यसैगरी, संघीय संसद्को संसदीय सुनुवाइ समितिका सभापति माननीय बोधनारायण श्रेष्ठ, प्रतिनिधिसभा सदस्य माननीय आशिका तामाङ, गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ९साकार०, सहिद लखन गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगर, भीमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा र ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनैलगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अरुण रजौरियाले स्वागत मन्तव्य राख्नुभएको थियो । गोरखाका स्थानीय तहको तर्फबाट गण्डकी गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना र धादिङका स्थानीय तहको तर्फबाट ज्वालामुखी गाउँपालिका अध्यक्ष यमनाथ दनैले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको अध्यक्षता जलस्रोत तथा सिँचाइ मन्त्रालयका निमित्त सचिव सुशीलचन्द्र आचार्यले गर्नुभएको थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij