Logo

Nov 29 2026 | २०८३, मंसिर १४गते

काठमाडौंका यी स्थानमा मंसिर १५ गतेसम्म विद्युत् आपूर्ति प्रभावित हुने !

काठमाडौंका यी स्थानमा मंसिर १५ गतेसम्म विद्युत् आपूर्ति प्रभावित हुने !

काठमाडौँ :  नेपाल विद्युत् प्राधिकरणको बानेश्वर वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न क्षेत्रमा आज (शनिबार) देखि मंसिर १५ गतेसम्म दैनिक पाँच घण्टा विद्युत् आपूर्ति बन्द हुने भएको छ ।

काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनामार्फत वितरण प्रणाली भूमिगत गर्ने क्रममा केबल चार्ज, स्ट्रक्चर फिटिङ तथा जडानसम्बन्धी प्राविधिक कार्य गर्नुपर्ने भएकाले ती क्षेत्रका फिडरहरूबाट आपूर्ति रोक्न लागिएको प्राधिकरणले जनाएको छ । जसअनुसार बिहान १०ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म बिजुली अवरुद्ध हुनेछ ।


प्राधिकरणले जारी गरेको तालिकाअनुसार आज मंसिर १२ गते शनिबार आलोकनगर मार्ग, नापी विभाग एरिया र आसपासका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । यस्तै, भोलि १३ गते आइतबार शंखमूल मार्ग, एभरेष्ट हस्पिटल र मुक्ति टावर क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ ।

 

931795222_1184322134551090_4806142402458150644_n_HSX52Gfs31.webp
undefined

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट