Logo

Nov 29 2026 | २०८३, मंसिर १४गते

सुनचाँदीका गरगहनामा व्यापक मिसावटको आशंका, अनुगमन खोइ?

सुनचाँदीका गरगहनामा व्यापक मिसावटको आशंका, अनुगमन खोइ?

चितवन: सुनचाँदीका गरगहनामा अत्यधिक मिसावट हुने गरेको आरोप उठेसँगै बजार अनुगमन र गरगहनाको शुद्धतामाथि गम्भीर प्रश्न खडा भएको छ। नेपालमा खरिद गरिएका गरगहना विदेशमा लगेर बिक्री गर्दा तामाको मात्रा अत्यधिक भेटिने गरेको दाबी गरिएको छ। कतिपय सुन व्यवसायीले घैलाका घैला तामा खरिद गर्ने गरेको आरोपसमेत उठेको छ।

 

व्यवसायीबीच मिलेमतो र मौनता रहेको आशंकाबीच उपभोक्ताले तिरेको मूल्यअनुसार शुद्ध सुनचाँदी पाइरहेका छन् त भन्ने प्रश्न उठेको छ। व्यवसायीको मिलेमतो हो कि नियामक निकायको उदासीनता? सम्बन्धित निकायले तत्काल बजार अनुगमन तथा वैज्ञानिक शुद्धता परीक्षण गर्न आवश्यक छ। गरगहनामा निर्धारित मापदण्डअनुसार अन्य धातु मिसाउनु र तोकिएको शुद्धताभन्दा कम गुणस्तरको सुन बिक्री गर्नु फरक विषय हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट