Logo

Nov 29 2026 | २०८३, मंसिर १४गते

तुइनखोलामा सडक मर्मत– आजदेखि मुग्लिन नारायणगढ सडकमा दैनिक ५ घण्टा आवागमन बन्द

तुइनखोलामा सडक मर्मत– आजदेखि मुग्लिन नारायणगढ सडकमा दैनिक ५ घण्टा आवागमन बन्द

काठमाडौँ : आजदेखि नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले तुइनखोला सडकखण्डमा पहिरो रोकथामको काम अघि बढाउन आजदेखि अर्को सूचना जारी नभएसम्म दैनिक पाँच घण्टा सडकमा आवागमन बन्द गरेको हो ।

बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।काठमाडौँ हुँदै मुग्लिन–आँबुखैरेनी भएर पोखरा जाने तथा सोही मार्गबाट काठमाडौँ फर्किने सवारीसाधन भने सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट