Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

एकै दिनमा ३२ जना फरार प्रतिवादी पक्राउ

एकै दिनमा ३२ जना फरार प्रतिवादी पक्राउ

रौतहट : रौतहट प्रहरीले एकै दिनमा ३२ जना फरार प्रतिवादी लाई पक्राउ गरेको छ । फैसला कार्यान्वयन अन्तर्गत जिल्ला अदालत रौतहटबाट दण्ड जरिबाना रोकिएर लामो समय देखि फरार रहेका ३२ जना प्रतिवादीलाई मङ्गलवार एकैदिनमा प्रहरीले पक्राउ गरेको हो।

सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना केही अभद्र व्यवहारका ६ जना, बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना , गाली बेईजतीमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्।

पक्राउ परेका सबैजना लाई फैसला कार्यान्वयन लागी जिल्ला अदालत रौतहटमा मङ्गलवार उपस्थित गराइएको प्रवक्ता रायले जानकारी दिएका छन्। उनीहरूबाट जरिबाना स्वरूप करिब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij