Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

एनपीएल–३ : विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने

एनपीएल–३ : विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले पाउने रकमबारे जानकारी दिएको हो । 

प्रतियोगिता सोमबार (अक्टोबर २६) देखि सुरु हुँदै छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो प्रतियोगिता नोभेम्बर २१ सम्म हुनेछ । प्रतियोगितामा दुवै संस्करण खेलेका आठ टिमको सहभागिता रहनेछ । यस संस्करण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले मान्यता दिएको छ भने प्रतियोगितामा पहिलोपटक डीआरएस प्रणाली लागु गरिनेछ । मान्यता अनुरुप प्रतियोगितामा खेलाडीहरूले बनाउने रन लिस्ट ‘ए’ क्रिकेटमा समावेश गरिनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij