Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

कास्की अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरा पुगे रवि लामिछाने

कास्की अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरा पुगे रवि लामिछाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णयविरुद्ध उच्च अदालत गएका छन्।कास्की जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध लामिछाने आज उच्च अदालत पोखरामा पुनरावेदन गर्न लागेका हुन् ।

उनी हिजो राति नै रुपन्देहीबाट पोखरा गएका थिए । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राइको इजलासले रविलाई गत पुस २५ गते ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।जिल्लाको आदेशमा चित्त नबुझेपछि फौजदारी कार्यविधि संहिताको ७३ नम्बर बमोजिम रवि उच्च अदालत गएका हुन् ।

कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा ल्याइएका रविलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अभियोजन पत्र दर्ता गराइएकोमा पुस २५ गते ६५ लाख धरौटीमा छुटेका थिए ।धरौटीमा छाड्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले रविलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट