Logo

Oct 25 2026 | २०८३, कार्तिक ९गते

विराटनगरका पिजफायर रेस्टुरेन्ट सञ्चालक केराबारीको जंगलमा मृत फेला

विराटनगरका पिजफायर रेस्टुरेन्ट सञ्चालक केराबारीको जंगलमा मृत फेला

मोरङ : विराटनगरस्थित पिजफायर रेस्टुरेन्टका सञ्चालक मनोज खत्री मोरङको केराबारी गाउँपालिका–९ स्थित धारापानी जंगलमा मृत फेला परेका छन्।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ५१ वर्षीय खत्रीको शव शनिबार अपराह्न करिब साढे ३ बजे जंगलको बीचमा रहेको रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।

विराटनगर महानगरपालिका–३ निवासी खत्रीको मृत्युको कारण खुलेको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट