Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

आँचल र खगेन्द्र जोडीको रूपमा देखिँदै

आँचल र खगेन्द्र जोडीको रूपमा देखिँदै

काठमाडौँ : अभिनेत्री आँचल शर्मा र अभिनेता खगेन्द्र लामिछाने जोडीको रूपमा देखिने भएका छन् । फिल्म ‘हर्ष’ मा दुबैलाई जोरीको रूपमा देख्न पाइने भएको हो । फिल्मलाई एकता पौडेलले निर्देशन गर्नेछिन् । ई प्राइम मुभिजको ब्यानरमा बन्ने फिल्मको अहिले आँचल र खगेन्द्र मात्र फाइनल भएका हुन् । अन्य कलाकार छनौटको क्रममा रहेका छन् ।

प्रसन्न पौडेल र विकास पौडेलले निर्माण गर्ने फिल्मको कार्यकारी निर्मातामा हिक्मत चोखल रहेका छन् । आलोक शुक्लाको फिल्ममा छायाङ्कन रहनेछ । निर्देशक एकता स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी हुन् भने न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij