Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?

ब्रेकअप पछि एक्लै बसेर खुबै रुन्छन् सलमान खान ?

नयाँ दिल्ली : बलिउडका भाइजान सलमान खान हिजोआज निकै चर्चामा छन् । हालै उनी भतिज आराहान खानको पोडकास्टमा देखिएका थिए । उक्त पोडकास्टमा सलमानले धेरै कुरा शेयर गरेका छन् । फरक फरक विषयमा उनले आफ्नो धारणा राखेका थिए । सम्बन्धबारे दिए यस्तो सल्लाह

सलमानले अरहान र उनका साथीहरूलाई प्रेम, सम्बन्ध र ब्रेकअपबारे पनि सल्लाह दिएका थिए । काका भएको नाताले, उनले आफ्नो भतिजलाई ब्रेक अप पछि चाँडै सम्बन्धबाट अगाडि बढ्न सल्लाह दिए । ‘यदि तिम्री प्रेमिकाले तिमीसँग सम्बन्ध विच्छेद गर्छिन् भने उसलाई जान देऊ । बाई बाई गरिदेऊ ।’

यसमा उनले ब्यान्ड एडको उदाहरण दिएका थिए । ब्यान्ड एड निकाल्दा हामी बिस्तारै नभएर ह्वात्तै एकैपटक झिक्छौँ नि, बिग्रिएको सम्बन्धबाट यसैगरी अगाडि बढ्न उनले सुझाव दिए । बरु आफ्नो कोठामा गएर धित मर्ने गरी रुन अनि यो कुरालाई यहीँ टुङ्ग्याउन पनि उनले भने । यति गरेपछि बाहिर आएर आफू कस्तो छु, अनि सबै कस्तो चलिरहेको छ भनेर भन्न पनि उनले भतिजलाई भने ।

तर मान्छेले आफ्नो गल्ती तत्कालै स्वीकार गर्नु पर्ने चाहिँ उनले भन्न छुटाएनन् । ‘मानिसले सधैँ आफ्नो गल्ती स्वीकार गर्नुपर्छ । धन्यवाद र माफी पनि तुरुन्तै भन्नुपर्छ’ सलमानले भने । विश्वासघातको सामना कसरी गर्ने र एक व्यक्तिबाट कसरी अलग हुने भन्ने बारे उनले अरहानलाई अरू सल्लाह पनि दिए । सम्बन्ध लामो छोटो भन्ने नहुने अनि कुनै सम्बन्धमा ४०/५० वर्षसम्म बसेपछि धोका मिल्न सक्ने पनि उनले बताए ।

‘सम्बन्धबाट जतिसक्दो चाँडो अगाडि बढ्नु ठिक हुन्छ’

सलमान खानका प्रेम सम्बन्ध सधैँ चर्चामा रहने गरेका छन् । उनले आफ्नो समयमा धेरै चर्चित नायिकाहरूसँग डेट गरेका थिए । उनको नाम सङ्गीता बिजलानी, सोमी अली, ऐश्वर्या राय, कट्रिना कैफ जस्ता अभिनेत्रीहरूसँग जोडिएको छ । तर कसैसँग पनि उनको सम्बन्ध सफल भएन । यतिका वर्षपछि पनि फ्यानहरू सलमानको बिहे कहिले हुन्छ भन्ने प्रश्न सोध्न छाडेका छैनन् ।

मान्छे भित्र कुनै पनि ब्रेकअफ झेल्ने त्यति ताकत हुनुपर्छ जसमा ३० सेकेन्ड भित्रै उक्त परिस्थितिबाट बाहिर निस्कन सकियोस् भनेर सलमान भन्छन् । यी सबै कुरालाई ६ महिना भइसकेको जस्तो व्यवहार गर्नुपर्ने अनि भर्खरै आफूसँग यस्तो भएको कुरा बिर्सिनुपर्ने उनले बताए । साथीभाइ वा मित्रता वा प्रेम सम्बन्ध जुनसुकै सम्बन्धमा यस्तो हुनसक्ने पनि उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij