काठमाडौँ : अभिनेत्री निर्देशक दीपाश्री निरौलाले अभिनेता दीपकराज गिरीलाई प्रणय दिवस अर्थात भ्यालेन्टाइन डेको शुभकामना दिएकी छन् । उनले इन्स्टाग्राममार्फत दीपक र आफ्नो तस्बिर सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन डे’ भन्दै शुभकामना दिएकी छन् । उनले सेयर गरेको तस्बिरमा दीपक र दीपा रोमान्टिक देखिन्छन् । दीपाको यो पोस्टमा थुप्रै ‘ह्याप्पी भ्यालेन्टाइन डे’को शुभकामना दिएका छन् ।
दीपक अहिले पारिवारिक घुमघामका लागि अस्ट्रेलिया पुगेका छन् । दीपाश्री भने काठमाडौँमा छिन् । दीपक र दीपाश्री निरौला सानो पर्दा हुँदै ठुलो पर्दासम्म जमेका जोडी हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij