काठमाडौँ : फिल्म ‘अञ्जिला’को प्रिमियर बेलायतको राजधानी लन्डनमा गरिएको छ । लण्डनको एल्डरसटस्थित एम्पायर हलमा आयोजित प्रिमियरमा बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, फिल्मकर्मी, व्यवसायी लगायतको उपस्थिती थियो । प्रिमिएर सहभागी अधिकांशले फिल्म मार्फत खेलाडीको एञ्जिलाको जीवन बुझ्न पाएको प्रतिक्रिया दिए ।
नेपाली महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बाप्पो सुब्बाको जीवनमा आधारित रहेर तयार पारिएको फिल्म प्रिमिएरमा नेपालबाट निर्माता प्रेम कुमार श्रेष्ठ, सह निर्माता विनोद अग्रवाल, निर्देशक मिलन चाम्स, कलाकार सिर्जना सुब्बा सहभागी थिउ ।
कार्यक्रममा निर्देशक मिलन चाम्सले खेल क्षेत्रको विकास र खेलाडीहरूको संघर्षलाई उजागर गर्न यो फिल्म निर्माण गरिएको बताए । चाम्सले नेपाली खेलकुद क्षेत्रलाई प्रवर्द्धन गर्न र खेलाडीहरूको कथा दर्शकसम्म पुर्याउन अञ्जिला निर्माण गरिएको बताए ।
फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठले हङकङपछि लन्डनका दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएकाले आफू उत्साहित भएको बताए । प्रिमियरबाट सङ्कलित रकम एन्जिलाको घर निर्माणमा खर्च गरिनेछ । एञ्जिलाले उक्त घर फुटबल एकेडेमीको रुपमा विकास गर्ने योजना बनाएको बताइन् । फिल्म नेपालमा फागुन २९ गतेबाट रिलिजमा आउँदै छ । फिल्ममा एञ्जिलाको अलवा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij