Logo

Oct 23 2026 | २०८३, कार्तिक ७गते

चोरीको सुन बिक्रीमा विवाद हुँदा एक बालकको हत्या

चोरीको सुन बिक्रीमा विवाद हुँदा एक बालकको हत्या

दैलेख : दैलेखमा चोरीका सुनका गहना बिक्री गर्ने बेलामा विवाद हुँदा एक बालकको हत्या गरिएको छ ।

दुल्लु नगरपालिकाका ती बालकको हत्या अभियोगका सोही ठाउँका १४ वर्षीय र १७ वर्षीय किशोरलाई दैलेख प्रहरीले नियन्त्रणमा लिएको हो ।

दुई बालकले ११ वर्षीय बालकको हत्या गरी उनकै घरको बाँसघारी छेवैमा रहेको खोला किनारमा खाल्डो खनेर पुरिदिएका थिए।

११ वर्षीय ती बालक माघ २५ गते दिउँसोदेखि सम्पर्कविहीन बनेका थिए। सोही निवेदनका आधारमा अनुसन्धान गर्दा उनको हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

सोही बयानका आधारमा खोजतलास गर्दा खाल्डोमा गाडेको अवस्था शव फेला परेको हो। हत्या अभियोगका ती दुई बालकहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट