Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘योगमाया सखी’ बनेकी जेरी भन्छिन्– ‘केही तर अर्थपूर्ण गीत दिन्छु’

‘योगमाया सखी’ बनेकी जेरी भन्छिन्– ‘केही तर अर्थपूर्ण गीत दिन्छु’

काठमाडौँ : लोकदोहोरी गायिका बबिता बानिया (जेरी)ले आफु गीत संगीतबाट टाढा नरहने बताएकी छन् । अबका दिनमा पहिले जति धेरै गीत संगीत दिन नसके पनि केही अर्थपूर्ण गीतहरु हरेक बर्ष दिने उनको भनाई छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गीत संगीतबाटै पहिले आफ्नो परिचय बनेको भन्दै आफ्नो धरातल बिर्सन नसक्ने धारणा राखेकी छन् ।

‘मैले जुन क्षेत्रमा संघर्ष गरेर, दर्शक श्रोताको मनमुटुमा बसेर यो परिचय बनाए । यो पहिचानले मलाई नयाँ क्षेत्रको यात्रा तय गरिदिएको छ’, उनले भनिन्– ‘लोकगीत संगीतको यात्रा पनि निरन्तर रहनेछ ।’ उनले १२ बर्ष लोक गीत संगीतको क्षेत्रमा सक्दो योगदान दिएको उल्लेख गर्दै अहिलेसम्म साथ र सपोटका लागि सबैमा आभार ब्यक्त गरिन् । जेरीले पछिल्लो समय अध्यात्मको बाटो रोजेकी छन् । उनले जेरीबाट आफ्नो नाम ‘योगमाया सखी’ राखेकी छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij