Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘मितज्यू’बाट फिल्म अभिनयमा डेब्यु गर्दै तेरिया

‘मितज्यू’बाट फिल्म अभिनयमा डेब्यु गर्दै तेरिया

काठमाडौँ  : भारतीय रियालिटी शो ‘डान्स इन्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९की विजेता तेरिया फौजा मगरले फिल्म अभिनयमा डेब्यु गर्ने भएकी छन् ।  अनिल बुढा मगरको निर्देशन रहने फिल्म ‘मितज्यू’को मुख्य भूमिकामा उनी हालै अनुबन्धित भएकी हुन् । फिल्मको अभिनेतामा दयाहाङ राई यसअघि छानिएका थिए ।

तेरियाले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा काम गरेकी थिइन् । जनक घर्तीमगरको लगानी रहने फिल्ममा जिएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्न लागेको हो ।

फिल्ममा दयाहाङ र तेरिया बाहेक अन्य कलाकार छिट्टै टुङ्गो लाग्ने निर्माण युनिटले जनाएको छ । फिल्मको प्रदर्शन मिति २०८२ चैत २७ गते तोकिएको छ । फिल्म महेश राईले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij