काठमाडौँ : पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा पर्वतकी सृजना मल्ल मनोनयन भएकी छन् ।नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिको निर्णयअनुसार उनलाई अध्यक्षमा मनोनयन गरिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा ४२ (१) (च) बमोजिम उनलाई जिम्मेवारी प्रदान गरिएको बताइएको छ ।१५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाद्वारा हस्ताक्षरित पत्रमा मल्ललाई कांग्रेसको स्थापित मूल्यमान्यतालाई आत्मसात् गर्दै आगामी ६ महिनाभित्र संघको महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी तोकिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij