Logo

Oct 22 2026 | २०८३, कार्तिक ६गते

होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको हत्या

होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको हत्या

जनकपुरधाम : होली खेल्ने विषयमा विवाद हुँदा युवकको हत्या भएको छ।जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु यादवको मृत्यु भएको हो।महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए।

गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।आक्रमणमा प्रयोग गरिएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा राखेर कारबाही अगाडि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट