काठमाडौं : गीतकार शशि शर्मा मजगैयाँको नयाँ गीत ‘के छ ओइ सान्नानी तिम्रो चालिमाली’ सार्वजनिक गरिएको छ। प्रेमभावले भरिपूर्ण गीतमा समिक्षा अधिकारी र रूद्र शेखर शर्माको स्वर रहेको छ ।
गीतमा मजगैयाँले आफै सङ्गीत भरेका छन् । गोविन्द अनेकले रेकर्ड गरेको गीतको सङ्गीत संयोजन बिशाल निरौलाले गरेका छन् । समिक्षा पछिल्लो समयकी लोकप्रिय गायिका हुन् भने रुद्र पनि देश विदेशमा रूचाइएका गायक हुन् । गजलकार मजगैयाँको प्रकाशोन्मुख नयाँ एल्बमको लागि यो गजल रेकर्ड गरिएको मजगैयाँले बताए । एल्बमका लागि अरु गीत तथा गजलहरु पनि रेकर्डको तयारीमा रहेको उनले जानकारी दिए ।
क्रान्ति केसीद्वारा निर्देशित गीतको भिडियो छायांकन अर्जुन तिवारीले गरेका हुन् । ललितपुरको बज्रबाराहिमा छायांकन गरिएको गीतमा अहिलेका चर्चित मोडेलहरू सुधिर श्रेष्ठ र उषा उप्रेतीले अभिनय गरेका छन् ।गजलकार मजगैयाँका यसअघि केही गीत गजलका एल्बम तथा किताबहरु प्रकशित छन् । उनका केही फुटकर आधुनिक तथा फिल्मी गीतहरु चर्चामा रहे ।
https://youtu.be/9Hwc-mtE4AU© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij