काठमाडौँ : शुक्रवारबाट प्रदर्शनमा आउने फिल्म ‘डोरी’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई बुधबार साँझ हेर्दै ‘पिजी’ प्रमाणपत्र दिएको छ । अब यो फिल्म १६ वर्ष मुनिका बालबालिकाले अभिभावकका साथमा मात्र हेर्न पाउनेछन् ।
सेन्सर पास भएसँगै फिल्मको अग्रिम टिकट बुकिङ पनि खुला गरिएको छ । नेपालकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले फिल्मका लागि देशभरका हलमा बुकिङ खुलाएको हो । वितरक रोहित कट्टेलका अनुसार बिहीबार दिउँसोसम्म सबै हलको बुकिङ खुल्ला हुनेछ र शो संख्या पनि बाहिर आउने छ । फिल्मले देशभर करिब १२० शो प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
अरुण लामाको निर्देशन रहेको फिल्ममा अरुणको अलवा प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मी, लगायतका कलाकारको अभिनय छ ।
दिनेश भट्टराई निर्माता रहेको फिल्मको कार्यकारी निर्माता राज थापा हुन् । फिल्ममा राजु तामाङको एक्सन, राजनराज सिवाकोटीको संगीत, सौरभ लामाको छायाङ्कन छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij