Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘जन्ते बाख्रो’को फष्टलुकसँगै प्रदर्शन मिति घोषणा

‘जन्ते बाख्रो’को फष्टलुकसँगै प्रदर्शन मिति घोषणा

काठमाडौँ : फिल्म ‘जन्ते बाख्रो’को प्रदर्शन मिति घोषणा गरिएको छ । अभिनेता सौगात मल्ल, आशिफ शाह र अभिनेत्री गरिमा शर्माको मुख्य भूमिका रहेको फिल्मले फष्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । सार्वजनिक पोस्टर फिल्म प्रदर्शन मिति आगामी जेठ २३ भनिएको छ ।

हिमालको काखमा सेटअप गरिएको पोस्टरमा आशिफ र गरिमालाई रोमान्टिक अवतारमा प्रस्तुत हुँदा सौगातले निराश भावमा देखिएका छन् । उनीहरूको बिचमा चस्मा लगाएको बाख्रोलाई देखाइएको छ । निर्माण टिमले यसलाई बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो रूपमा चित्रण गर्न खोजेको बुझिन्छ ।

सिमोस सुनुवारको निर्देशन रहेको फिल्ममासौगात, आशिफ र गरिमासँगै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारको अभिनय छ ।

मुईन इन्टरटेनमेन्टको प्रस्तुति रहेको ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको हो । प्रदीप भारद्धाजको कथा, पटकथा र संवाद लेखन रहेको फिल्मका निर्माता सन्तोष गौतम हुन् ।

Movie Jante-Bakhro

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij