Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

फिल्मकर्मीलाई निर्देशक समाजको सम्मान र अवार्ड

फिल्मकर्मीलाई निर्देशक समाजको सम्मान र अवार्ड

काठमाडौँ : विशिष्ट चलचित्रकर्मी नीर शाहबाट विभिन्न फिल्मकमी सम्मानित भएका छन् । नेपाल चलचित्र निर्देशक समाजले राजधानीमा आयोजित एक समारोहमा नगदसहित ‘रजत जयन्ती दीर्घ सधना सम्मान २०८१’ प्रदान गरेको हो । कार्यक्रममा शम्म्भु प्रधानलाई नगदसहित ‘रजत जयन्ती हिरा सिह स्मृति सम्मान २०८१’ र निर्देशक कलाकार श्याम राई, डा.सुवोधकुमार पोखरेल र रक्षासिंह राणालाई ‘रजत जयन्ती श्रस्टा सर्जक सम्मान २०८१’ प्रदान गरियो ।

समाजले रजत जयन्ती वर्ष नाउन आयोजित समारोहमा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, संस्थाका अध्यक्ष जनकदीप पराजुली लगायत थुप्रै कलाकर्मीको उपस्थिति थियो ।  कार्यक्रममा डाइरेक्टर अफ दी एअर २०८० को अवार्ड व्यावसायिकतर्फ गतवर्ष धेरै व्यवसाय गर्ने चलचित्र ‘जारी’ का निर्देशक उपेन्द्र सुब्बा, कलात्मक (क्रिटिक्स)तर्फ धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरुमा सहभागी हुने फिल्म ‘द रेड सुड्केश’ का निर्देशक फिडेल देवकोटालाई दिइयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij