Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु

जम्मू कश्मीरमा घुसपैठविरोधी अभियानमा सेनाका सुबेदारको मृत्यु

कश्मीर : जम्मू कश्मीरको सुन्दरबनीस्थित नियन्त्रण रेखामा भएको एक कारबाहीको क्रममा भारतीय सेनाका सुबेदार कुलदीप चन्दको मृत्यु भएको छ। भारतीय सेनाको ह्वाइट नाइट कोर्प्सले दिएको जानकारी अनुसार ११ अप्रिल २०२५ को रात चन्द सुन्दरबनीको केरी(बट्टल क्षेत्रमा घुसपैठ विरोधी अभियानको नेतृत्व गरिरहेका थिए। यसै क्रममा उनको मृत्यु भयो।

‘जनरल अफिसर कमान्डिङ (जीओसी) ह्वाइट नाइट कोर्प्स र सबै श्रेणीहरूले ९ पञ्जाब रेजिमेन्टका बहादुर सुबेदार कुलदीप चन्दको सर्वोच्च बलिदानलाई सलाम गर्दछन् ह्वाइट नाइट कोर्प्सले ट्विटरमा पोस्ट गरेको छ । पोस्टमा थप भनिएको छ ‘उनले ११ अप्रिल २०२५ को रात सुन्दरबनीको केरीबट्टल क्षेत्रमा नियन्त्रण रेखामा घुसपैठ विरुद्धको अभियानको साहसपूर्वक नेतृत्व गर्दा आफ्नो जीवन बलिदान दिए।’

कोर्प्सले सहिद कुलदीप चन्दको परिवारप्रति समवेदना व्यक्त गर्दै लेखेको छ ‘उनको टोलीको बहादुरी र सुबेदार कुलदीपको सर्वोच्च बलिदानले आतंककारीहरूको घुसपैठको प्रयासलाई विफल बनायो। यो दुःखको घडीमा हामी शोकसन्तप्त परिवारको साथमा छौँ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट