Logo

Oct 21 2026 | २०८३, कार्तिक ५गते

कैलालीमा रुख भाँचिदा पूर्व क्याम्पस प्रमुख भण्डारी घाइते

कैलालीमा रुख भाँचिदा पूर्व क्याम्पस प्रमुख भण्डारी घाइते

धनगढी: कैलालीमा हावा हुरीका कारण सालको रुख भाँचिदा पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारी घाइते भएका छन्।जिल्लाको घोडाघोडी नगरपालिका–१ सुखडको राष्ट्रिय कलेजका पूर्व क्याम्पस प्रमुख भण्डारी शुक्रवार बिहान घाइते भएका हुन्। घर नजिकैको सालको रुख भाँचिएर भण्डारीलाई चोट लागेको हो।

उनको टाउकोमा चोट लागेको इलाका प्रहरी कार्यालय, सुखडले बताएको छ। घोडाघोडी अस्पताल, सुखडमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भण्डारीलाई माया मेट्रो अस्पताल, धनगढीमा रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट