Logo

Oct 20 2026 | २०८३, कार्तिक ४गते

नवलपुरमा ९० वर्षीय श्रीमानले गरे ७६ वर्षीया श्रीमतीकाे हत्या

नवलपुरमा ९० वर्षीय श्रीमानले गरे ७६ वर्षीया श्रीमतीकाे हत्या

काठमाडौं, ३० जेठ : नवलपुरको देवचुली नगरपालिका-३ आम्बासमा ९० वर्षीय जेष्ठ नागरिकले आफ्नी ७६ वर्षीया श्रीमतीलाई रड प्रहार गरी हत्या गरेका छन् । स्थानीयका अनुसार ९० वर्षीय दिलबहादुर थापाले गएराति आफ्नी श्रीमती ७६ वर्षीया जमुना थापालाई टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले घटना भएको पुष्टि गर्दै थापाले श्रीमतीको हत्या गरेको स्वीकार गरेको बताए । उनले घटनाको अनुसन्धान भईरहेकोले बताए ।

श्रीमतीलाई रड प्रहार गरी हत्या गरेका थापा प्रहरी नियन्त्रणमा छन् । प्रहरी उपरीक्षक ढकालले भने – ‘म आफै घटना स्थलतर्फ जाँदै छु । आरोपित हाम्रो नियन्त्रणमा छ । उनले घटना स्वीकार गरेका छन् । अनुसन्धान भईरहेको छ ।’ जमुनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकका छोरा चित्रबहादुर थापाले घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट