काठमाडौँ : चलचित्र विकास बोर्डले गत १६ असारमा रियल टाइम बक्स अफिस व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको थियो । प्रणाली सञ्चालनमा ल्याइए पनि देशभरका हलले तथ्याङ्क पेस नगरेका कारण शो प्रणालीले अझै काम गर्न सकेको छ ।
त्यसैले बोर्डका अध्यक्ष दिनेश डिरीले देशभरका प्रदर्शकलाई पत्र लेख्दै अनिवार्य रुपमा बक्स अफिस तथ्याङ्क पेस गर्न निर्देशन दिएका छन् ।
देशभरका १६६ हललाई पत्र लेख्दै बोर्डले तथ्याङ्क उपलब्ध नगराउने हललाई कानुनको उल्लङ्घन मान्दै चलचित्र नियमन र सम्बन्धित ऐनअनुसार कारबाही गर्ने चेतावनी सहित पत्र लेखेका हुन् । बोर्डले प्रदर्शकको छाता संस्था चलचित्र सङ्घलाई समेत पत्र लेखेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij