चितवन : नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशन पक्षधर समूहको जिल्ला अधिवेशनबाट चितवनमा नयाँ नेतृत्व चयन गरिएको छ। अधिवेशनले मिलनबाबु श्रेष्ठको सभापतित्वमा नयाँ जिल्ला समिति चयन गरेको हो।
नवगठित समितिको उपसभापतिमा दीपक अधिकारी र सचिवमा घनश्याम पौडेल ‘श्याम’ चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा माधव अधिकारी, रेणु प्रधान, सञ्जय आचार्य, गोविन्दबहादुर गुरुङ, विष्णुभक्त न्यौपाने, भुपाल गुरुङ, राजीव चौधरी र लोकनाथ पौडेल चयन भएका छन्।
समितिलाई थप समावेशी र प्रतिनिधिमूलक बनाउन जिल्लाका अन्य भूगोल तथा क्षेत्रको प्रतिनिधित्वसमेत समेटिने जनाइएको छ। केन्द्रीय महाधिवेशनअघि नै आवश्यक प्रतिनिधित्व सुनिश्चित गर्दै जिल्ला समितिलाई पूर्णता दिइने बताइएको छ।
नयाँ नेतृत्व चयनसँगै कांग्रेस चितवनमा १५औँ नियमित महाधिवेशनको तयारी र संगठनात्मक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij