Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

दुर्गेश, सिसन र गुराँस नानीको ‘जाने भए जाम माया’ युट्युबमा फायर

दुर्गेश, सिसन र गुराँस नानीको ‘जाने भए जाम माया’ युट्युबमा फायर

गायक दुर्गेश थापा र भ्लगर तथा निर्देशक सिसन  बानियाँले सार्वजनिक गरेको नयाँ गीत ‘जाने भए जाम माया’ले  सार्वजनिक भएसँगै दर्शकको आक्रामक साथ पाइरहेको छ । सार्वजनिक भएको १८ घण्टामै १५ लाख बढी भ्यूज पाएको यो गीतले युट्युबको ट्रेन्डिङमा समेत परिसकेको छ । २४ घन्टा नबित्दै यो गीतले भ्यूजमा नयाँ रेकर्ड बनाइसकेको छ ।दुर्गेश थापाको शब्द तथा संगीतमा तयार भएको यो गीत सार्वजनिक भएसँगै टिकटक बनाउनेहरूको संख्या पनि ह्वात्तै बढेको छ ।

यो गीतमा दुर्गेश र सिसनसँगै गुराँस नानीको पनि अभिनय छ । भिडियोमा उनलाई सिसनले माया गरेको देखाइएको छ । तर, अन्तिममा गुराँस नानीलाई अर्कैले लैजाँदा सिसन रोएका छन् ।

शिव वीकेले कोरियोग्राफी तथा निर्देशन गरेको यो भिडियोमा मिलन विश्वकर्माको सम्पादन, हरि हुमागाँइको डीओपी छ । भिडियोमा लासो पेमा, अलहाजी गेरोको पनि अभिनय हेर्न सकिन्छ ।दुर्गेशको ‘दुश्मन हेरेको हेरै’ले बजारमा चर्चा पाइरहेको समयमा यो गीतले पनि आक्रामक रुपमा दर्शकको साथ पाइरहेको छ ।

https://youtu.be/NfCLgB-oUYs

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट