Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

‘बाकस’ निर्माणको घोषणा

‘बाकस’ निर्माणको घोषणा

फिल्म ‘बाकस’ निर्माणको घोषणा गरिएको छ । पिके इन्टरटेन्मेन्ट प्रा.लिको व्यानरमा यो फिल्म निर्माण हुनेछ । फिल्ममा नवीन पन्तको निर्देशन रहनेछ । फिल्मको कथा पनि पन्त आफैले लेखेका हुन् । फिल्मको छायांकन नेपाल र विदेशमा गरिने बताइएको छ । यसले नेपाली परिवेशको कथालाई उठान गर्ने निर्देशक पन्तको भनाई छ ।

फिल्मको हाल स्क्रिप्टको काम भइरहेको छ । प्राविधिक र कलाकारहरूको बारेमा चाँडै नै जानकारी गराउने बताइएको छ । शंकर अधिकारी घायल र नारायण बस्नेतको गीत रहने फिल्मलाई आउँदो वर्ष रिलिज गर्ने योजना निर्माणपक्षको छ । तिहारपछि फिल्मको छायांकन सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट