Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

फिल्म ‘मन बिनाको धन’ कात्तिक २१ गते प्रदर्शन

फिल्म ‘मन बिनाको धन’ कात्तिक २१ गते प्रदर्शन

काठमाडौँ : फिल्म ‘मन बिनाको धन’ आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति कात्तिक २१ गतेका लागि तय भएको हो । फिल्म प्रदर्शनका लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले अधिकार लिएको निर्माता विष्णु माया मैनालीले जानकारी दिइन् ।

फिल्ममा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, निता ढुङ्गाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियङ्का झा, विनय अधिकारी, आर्यन नेपाल, विजय डंगोल लगायतका कलाकारको अभिनय छ ।

‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ गीत मार्फत गायन सुरुवात गरेका अशोक दर्जी यसैमार्फत फिल्ममा डेब्यु गर्दैछन् । दर्जी हाल काठमाडौँमा कक्षा ९ मा अध्ययनरत छन् । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मलाई टङ्क बुढाथोकीले निर्देशन गरेका हुन् । बुढाथोकीकै लेखन रहेको फिल्ममा पटकथा र संवाद शिवम अधिकारीको छ ।

फिल्मको कार्यकारी निर्मातामा सपना शर्मा रहेकी छिन् । यस्तै जी.पी सङ्ग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्मातामा रहेका छन् । फिल्ममा टङ्क बुढाथोकीको संगीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, मित्र डी.गुरुङको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट