Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

ए६ मा रश्मिका भिलेन

ए६ मा रश्मिका भिलेन

मुम्बई(एजेन्सी) : सन् २०२५ मा सुकुमारद्वारा निर्देशित ब्लकबस्टर ‘पुष्पा २ः द रुल’ले अल्लू अर्जुन र रश्मिका मन्दानालाई भारतीय फिल्मको सबैभन्दा रुचाइएको जोडी बनाइदियो । अब यो जोडी पुनः दर्शकमाझ देखिँदैछन् । तर यसपटकको आगमन भने रोमान्टिक जोडीका रुपमा नभई दुश्मनका रुपमा रहनेछ ।

एटलीले निर्माण गर्न लागेको नयाँ फिल्म ‘ए६’मा रश्मिका भिलेन चरित्रमा देखिँदैछिन् । रश्मिका निकट स्रोतका अनुसार उनलाई पेन इण्डियाका दुई ठूला फिल्म ‘ए६’ र अर्को मेगा प्रोजेक्टमध्ये एकमा प्रमुख नकारात्मक भूमिका निभाउनुपर्ने विकल्प दिइएको थियो । तर रश्मिकाले एटलीको फिल्म रोजिन् । किनकी यो भूमिकाले आफ्नो कामलाई नयाँ शिराबाट लैजानेमा उनी विश्वस्त थिइन् ।

रश्मिकाले हालसम्म भिलेन भूमिका कुनै पनि फिल्ममा निर्वाह गरेकी छैनन् ।रश्मिकाले यो फिल्मको लागि लुक टेस्ट पनि गरिसकेकी छन् । फिल्मको सुटिङ अक्टोबरबाट सुरु हुँदैछ । उनी एटली र अल्लूका साथ लसएन्जल्स पनि गइसकेकी छन् । आफ्नो भूमिकाको पूर्व तयारीको भिडियो हेरेपछि रश्मिका खुशी भएकी थिइन् ।फिल्ममा दीपिका पादुकोण, मृणाल ठाकुर र जान्हवी कपूरको पनि अभिनय हुनेछ । फिल्म सन् २०२७ मा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट