दाङ : दाङको नाटक परम्परालाई पुनर्जागृत गर्ने र थिएटर स्थापना गर्ने सङ्कल्पसहित दाङमा दुई दिवसीय नाट्य सङ्गोष्ठी सकिएको छ । प्रज्ञा प्रतिष्ठानको सहकार्यमा पहल नेपाल र शैली थिएटरले असार २८ र २९ गते दाङको घोराहीमा नाट्य सङ्गोष्ठी आयोजना गरेको थियो ।
सङ्गोष्ठीको पहिलो दिन दाङमा नाट्य लेखन तथा मञ्चन परम्पराका प्रारम्भकर्ता नारायणप्रसाद शर्मा, एकराज शर्मा, कमलापति बस्याल, रामचन्द्र गुप्ता, पुरुषोत्तम खनाल, ऋषिराज जंगली, उत्तमकृष्ण मजगैयाँ, गोविन्दराज श्रेष्ठ, मिठ्ठु श्रेष्ठ विल्सन, कृष्णा गौतम लम्साल, विश्वमा गौतम भण्डारी र इन्द्रबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।
दोस्रो सत्रमा नाट्यकर्मीहरू नारायण योगी, कर्ण प्रिय धिताल, तुलसीराम बस्याल, हिन्दु विद्यापीठ, सभ्यता पाठशालाले नाटक प्रदर्शन गरेका थिए ।
सङ्गोष्ठीको दोस्रो दिनको पहिलो सत्रमामा दाङमा नाटक शीर्षकमा नाट्यकर्मी ऋषिराज जंगली, लोकसंस्कृतिविद् डा.गोविन्द आचार्य, साहित्यकार उत्तमकृष्ण मज्गगैयाँसंग संवाद गरिएको थियो । नाट्य संवाद सत्रको सहजीकरण सङ्गोष्ठीका संयोजक केएल बुढाथोकीले गरेका थिए ।
सङ्गोष्ठीमा डा. टिकाराम उदासीले दाङमा लेखन र मञ्चन : एक प्रारम्भिक सर्वेक्षण शीर्षकको आधार पत्र प्रस्तुत गरेका थिए भने आधार पत्रमाथि डा. सुदीप गौतम र केबी चौधरीले टिप्पणी गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij