Logo

Sep 17 2026 | २०८३, आश्विन १गते

फिल्म ‘परिवार’को छायाङ्कन सुरु

फिल्म ‘परिवार’को छायाङ्कन सुरु

काठमाडौँ : फिल्म ‘परिवार’को छायाङ्कन सुरु भएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा फिल्मको शुभमुहूर्त गर्दै निर्माणपक्षले सुरु गरेको हो ।

मदन थापाको निर्देशन रहने फिल्मको अधिकांश छायाङ्कन काठमाडौँमा हुनेछ भने केही दृश्य भ्याली बाहिर छायाङ्कन गर्ने निर्माणपक्षले जानकारी दियो । निर्देशक थापाले यसअघि फिल्म ‘बाटो: रोड टू डेथ’ निर्देशन गरेका थिए ।

फिल्मको कलाकार निर्माण पक्षले अहिले गोप्य राखेको छ । मुर्हूतमा पनि प्राविधिक र निर्माण पक्षको मात्र सहभागिता रहेको थियो । किरण रिजाल, रमेश साही, भिसाका बिक्रम थापा, स्प्रान्जा कँडेल निर्माता रहेको फिल्ममा सहनिर्मातामा सन्तोष अधिकारी हुन् ।

प्रेम थापा र गणेश उपाध्यायको कथा रहेको फिल्म नीरज कँडेलले खिच्नेछन् । फिल्मका कार्यकारी निर्मातामा रमेशबहादुर शाही रहेका छन् ।

रे अफ आर्टको प्रस्तुति रहेको फिल्म निर्माणमा भिसा आई फिल्मस् र साही फिल्मसको सहकार्य रहनेछ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट