Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

काठमाडौँबाट फरार कैदी रुपन्देहीमा पक्राउ

काठमाडौँबाट फरार कैदी रुपन्देहीमा पक्राउ

बुटवल : भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको प्रदर्शनपछि काठमाडौँको जगन्नाथ देवल कारागारबाट फरार एक कैदी रुपन्देहीमा पक्राउ परेका छन् । कर्मचारी ज्यान मुद्दामा सजाय भोगिरहेका ६५ वर्षीय पुणत बासी लोनियालाई रुपन्देहीको गैडहवा गाउँपालिका–६ गुलरियाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

इलाका प्रहरी कार्यालय सूर्यपूराबाट खटिएको टोलीले लोनियालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा जिम्मा लगाएको हो । जेनजी आन्दोलनपछि तोडफोड र आगजनीका घटनामा काठमाडौँसहित देशभरका कारागारबाट कैदीबन्दी बाहिरिएका थिए। हालसम्म पनि देशभर करिब ६ हजार कैदीबन्दी फरार अवस्थामा रहेको र उनीहरूको खोजी जारी रहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij