Logo

Oct 19 2026 | २०८३, कार्तिक ३गते

झापाको केराबारीमा बोराभित्र ५५ राउण्ड गोली बरामद

झापाको केराबारीमा बोराभित्र ५५ राउण्ड गोली बरामद

झापा :  झापाको कमल गाउँपालिका-७, रङ्गपुरस्थित केराबारीबाट प्रहरीले एसएलआर राइफलका ५५ राउण्ड गोली बरामद गरेको छ।

स्थानीय ५५ वर्षीय गङ्गाप्रसाद पाण्डेले गए राति आफ्नो केराबारीमा सेतो बोराभित्र गोली फेला पारेको बारे प्रहरीलाई जानकारी गराएका थिए।

पाण्डेको सूचनाका आधारमा आज बिहान इलाका प्रहरी कार्यालय, दमकबाट खटिएको टोलीले बोरामा राखिएको अवस्थामा ती गोलीहरू बरामद गरेको जिल्ला प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। प्रहरीले यस विषयमा थप अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij