Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

बुद्धनगरमा प्रहरी कर्मचारी मृत फेला

बुद्धनगरमा प्रहरी कर्मचारी मृत फेला

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा नेपाल प्रहरीका सहायक हवल्दार मृत भेटिएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत बलबहादुर थापामगर मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले  बताए ।

३० वर्षीय थापा मगर उदयपुरका स्थानीय हुन् । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित डेराको शौचालयमा झुन्डिएको अवस्थामा देखेपछि उनकी पत्नीले बानेश्वरस्थित एभरेस्ट अस्पतालमा लगेकी थिइन् ।

अस्पताल पुग्दा उनको मृत्यु भइसकेको बताइएको छ । उनको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij