काठमाडौँ : कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका लागि एमबिबिएस अध्ययनका लागि ५० सिट निर्धारण गरिएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार प्रधानमन्त्री वालेन्द्र(बालेन) शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। बैठकले उक्त विश्वविद्यालयका लागि नर्सिङतर्फ २० सिट निर्धारण गरेको छ।
त्यसैगरी बैठकले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबबिबिएसतर्फको सिट सङ्ख्या बढाएर १३० पुर्याउने निर्णय गरेको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ मा उल्लेखित व्यवस्था, चिकित्सा शिक्षा आयोगद्वारा स्वीकृत कार्यक्रमगत न्यूनतम/प्रत्यायन मापदण्ड, चिकित्सा शिक्षा प्रदान गर्ने शिक्षण संस्थाको गुणस्तर मूल्याङ्कन तथा सिट निर्धारणसम्बन्धी एकीकृत कार्यविधि, २०८३ र नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज कार्यक्रम सञ्चालन तथा व्यवस्थापनसम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम चिकित्सा शिक्षाको शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि सिट सङ्ख्या निर्धारण गरिएको हो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij