Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

महाधिवेशन विवाद बढेपछि देउवाले बोलाए शीर्ष नेताहरू

महाधिवेशन विवाद बढेपछि देउवाले बोलाए शीर्ष नेताहरू

काठमाडौं : नेपाली कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर देखिएको मतभेद थप चर्किएको छ। नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशन घोषणा गर्ने महामन्त्रीद्वयको निर्णयपछि पार्टीभित्रको विवाद खुला रूपमा बाहिर आएको हो।

जेनजी आन्दोलनपछि कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई सुम्पिएका सभापति शेरबहादुर देउवाले उत्पन्न परिस्थितिलाई सम्बोधन गर्न शीर्ष नेताहरूलाई आकस्मिक छलफलमा बोलाएका छन्। देउवाको निजी सचिवालयका अनुसार शुक्रबार बिहान महाराजगञ्जस्थित निजी निवासमा उक्त छलफल आयोजना गरिएको हो।

कार्यवाहक सभापति खड्का देउवा निवास पुगेपछि अन्य वरिष्ठ नेताहरूलाई पनि छलफलका लागि बोलाइएको बताइएको छ। कांग्रेसका महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापाले बिहीबार नियमित महाधिवेशन रोक्दै विशेष महाधिवेशन गर्ने निर्णय सार्वजनिक गरेपछि पार्टी संस्थापन पक्षले त्यसप्रति असहमति जनाउँदै आएको छ।

महामन्त्रीद्वयको निर्णयपछि कांग्रेसले शुक्रबार दिउँसोका लागि केन्द्रीय कार्यसमिति बैठक पनि बोलाएको छ। सो बैठकअघि नै सहमतिको वातावरण बनाउन सभापति देउवाले शीर्ष नेताहरूसँग छलफल थालेको कांग्रेस स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट