Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

श्रीमतीको हत्यामा संलग्न प्रतिवादी ८ वर्षपछि पक्राउ

श्रीमतीको हत्यामा संलग्न प्रतिवादी ८ वर्षपछि पक्राउ


काठमाडौँ : भोजपुरमा श्रीमतीको हत्या गरेर भागेका प्रतिवादीलाई प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका वडा नम्बर–६ देउराली टोल घर भएका ५३ वर्षीय नारदमणि राई छन् ।

२०७४ साउन १९ मा उनले आफ्नी ४५ वर्षीया पत्नी अम्बिका श्रेष्ठ राईको हत्या गरेको भोजपुरका डीएसपी राजु लामाले रातोपाटीलाई बताए । जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा उनलाई मोरङको बेलबारीबाट पक्राउ गरेको हो ।

थुनछेक बहसपछि अदालतको आदेशले पुस १७ मा प्रतिवादीलाई पुर्पक्षको लागि कारागार चलान गरिएको डीएसपी लामाले जानकारी दिए । प्रहरीले उनी विरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान प्रतिवेदन पेस गरेको थियो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट